skip this

बहुमत सदस्यले ऐजेन्डा अस्विकृत गरेपछि ६ मिनेटमा स्थगित भयाे जीतपुरसिमराकाे नगर सभा बैठक

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बहुमत सदस्यले ऐजेन्डा अस्विकृत गरेपछि ६ मिनेट बसेर जीतपुरसिमराकाे नगर सभाकाे पहिलो बैठक स्थगित भएको छ ।

४२ ओैं नगर कार्यपालिका सदस्य बैठककाे निर्णय सार्वजनिक भएपछि १८ जना सदस्यले असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईलाई ज्ञापन-पत्र बुझाएका थिए ।

नगर सभा बैंठकमा प्रस्तुत हुने ऐजेन्डा नै बहुमत सदस्यले असहमति जनाएपछि नगर सभाकाे पहिलो बैठक मेयर राजन पाैडेलले सम्बाेधन गरेर स्थगित भएकाे घाेषणा गरेका हुन् ।

उपप्रमुख भाेलाप्रसाद अधिकारीसहित कार्यपालिका सदस्य सहभागी रहेकाे सभाकाे सहजिकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रसाईले बैठकमा सहभागीले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएका थिए ।
४१ ओैं कार्यपालिका बैंठकले ९ असारलाई नगर सभा बैठक गर्ने निर्णय गरेकाे थियाे । नगर प्रवक्ता भाेजबहादुर खत्रीले बैठककाे निर्णय सार्वजनिक गरेका थिए ।

त्यस्तै ४२ ओैं वैठकले सभाबारे ४ वटा ऐजेन्डा तय गरेकाे थियाे । ८ असारमा बसेकाे बैठकले आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम सम्बन्धमा, आ.व. २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धमा, बाहौ नगरसभामा पेश हुने कर तथा गैर कर राजश्व सम्बन्धी विधेयक, २०८२ तथा अन्य विधेय सम्बन्धमा र संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषदको प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धमामा निर्णय गरेकाे थियाे ।

आगामी बैठक असार १८ गते बस्ने गरि सूचना प्रकाशित गरिएको छ ।

 

nijgadh-supermart-adz1200-630