skip this farak Kura Pravakar

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति निजगढकाे साधारणसभा सम्पन्न

873 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, मधेस प्रदेश, बारा जिल्ला अन्तर्गत प्रारम्भिक समिति निजगढ-६ काे वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सडकटाेल-प्रणामीनगरमा भएको ३३ ओैं साधारणसभाकाे परिषदका केन्द्रीय सदस्य सुजन सुवेदीले उद्घाटन गरेका छन् ।

साधारणसभामा प्रारम्भिक समितिका अध्यक्ष जीवनाथ बन्जारले संस्थागत प्रतिवेदन र काेषाध्यक्ष पुरुषाेत्तम आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

प्रारम्भिक समितिका अध्यक्ष जीवनाथ बन्जारकाे सभाअध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन ईश्वर सापकाेटा र स्वागत राजकुमार गुरागाईले गरेका थिए ।

साधारणसभामा परिषदका विभिन्न तहका प्रतिनिधि सहभागी थिए ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630