skip this

जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत हिरालाल चौधरीले गरे हाजिर

708 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-झण्डै एक महिना अगाडि जीतपुरसिमरा उपमहानगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत हिरालाल चौधरीले बुधबार हाजिर गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चौधरीलाई पुस ११ गते जीतपुरसिमरामा सरुवा गरेको थियो ।

चौधरी सरुवा भएको २७ दिनपछि हाजिर भएका हुन् । सहसचिव बढुवाका लागि सिफारिस भएका चौधरीले जीतपुरसिमरामा आउन चासो देखाएका थिएनन् । अन्ततः हाजिर भएका चौधरीलाई नगर प्रमुख राजन पौडेलले स्वागत गरेका छन् ।

पुष ३ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंलाई सरुवा गरेको थियो । प्रसाईंको स्थानमा चौधरीलाई पठाउने निर्णय मन्त्रालयले गरेको थियो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट विदा भएकै दिन शान्तिराज प्रसाईं प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारी नियुक्त भएका थिए ।

nijgadh-supermart-adz1200-630