skip this farak Kura Pravakar

वीरगञ्जमा ब्राइट पब्लिक स्कूल र ब्राइट कलेजद्वारा सरस्वती पूजा आयोजना हुने

660 shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज-ज्ञान, बुद्धि र सिकाइकी देवी सरस्वतीलाई समर्पित सरस्वती पूजाको शुभ अवसरमा ब्राइट पब्लिक स्कूल र ब्राइट कलेज परिवारले विशेष पूजा तथा कार्यक्रम आयोजना गर्ने भएको छ ।

सरस्वती पूजाको पावन अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक, शुभेच्छुक तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई आशीर्वाद प्रदान गर्न हार्दिक निमन्त्रणा समेत गरेको छ ।

आयोजकका अनुसार सरस्वती पूजाले विद्यार्थी र शैक्षिक वातावरणमा थप प्रेरणा र उत्साह थप्ने विश्वास लिइएको छ ।

कार्यक्रम माघ ९ गते शुक्रबार वीरगञ्ज–९ स्थित घण्टाघर, सीडीओ कार्यालयको छेउमा रहेको ब्राइट पब्लिक स्कूल तथा ब्राइट कलेजमा आयोजना हुनेछ ।

बिहान ८:०० बजे पूजा सुरु हुने र बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म प्रसाद वितरण गरिने आयोजकले जनाएको छ ।

 सरस्वती पूजाको अवसरमा ब्राइट पब्लिक स्कूल परिवारअन्तर्गत कक्षा ९ सम्म नि:शुल्क भर्नाको व्यवस्था गरिएको तथा ब्राइट कलेजमा पनि विशेष अवसर प्रदान गरिने जानकारी दिइएको छ।

आयोजक संस्थाले सबैलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ ।

nijgadh-supermart-adz1200-630