skip this farak Kura Pravakar

गढीमाई दर्शनपछि विजयी उत्सव सुरु गरेका सांसद सिंहलाई प्रश्न– विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने सपना पूरा हुन्छ ?

336 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा — बारा क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य चन्दन सिंहले विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्दै आफ्नो विजयी उत्सवको सुरुवात गरेका छन्। आइतबार बिहान बारा जिल्लाको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिर पुगेर पूजा–अर्चना गरेपछि उनले समर्थकहरूसँग विजय उत्सव मनाएका हुन्।

निर्वाचनमा विजय हासिल गरेपछि पहिलोपटक गढीमाई माताको दर्शन गर्न पुगेका सिंहलाई स्थानीयवासी तथा भक्तजनले भव्य स्वागत गरेका थिए। मन्दिर परिसरमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो भने उनीहरूले सिंहलाई फूलमाला लगाएर बधाई दिएका थिए।

दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले गढीमाई मन्दिर धार्मिक आस्था मात्र नभई पर्यटनको दृष्टिले पनि महत्वपूर्ण स्थल भएको बताए। उनले मन्दिर क्षेत्रको विकास, व्यवस्थापन र अन्तर्राष्ट्रिय पहिचानका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस क्रममा पत्रकारहरूले सिंहलाई महत्वपूर्ण प्रश्न राखे— “विश्वप्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने सपना पूरा गर्नु हुन्छ ?”

प्रश्नको जवाफ दिँदै सिंहले गढीमाई मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताए। “गढीमाई मन्दिर नेपालको ठूलो धार्मिक धरोहर हो। यसको संरक्षण, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि आवश्यक पहल गरिनेछ,” उनले भने।

स्थानीयवासीले पनि नव निर्वाचित सांसदसँग गढीमाई क्षेत्रको दीर्घकालीन विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विस्तारमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

गढीमाई मेला दक्षिण एशियाकै सबैभन्दा ठूलो धार्मिक मेलामध्ये एक मानिन्छ, जहाँ नेपालसहित भारत र अन्य देशबाट लाखौँ श्रद्धालुहरू सहभागी हुने गरेका छन्। त्यसैले गढीमाई क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विषय अहिले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म चासोको विषय बनेको छ।

nijgadh-supermart-adz1200-630