skip this

‘निउ खोज्नेलाई झ्याम्मै’ अफरसहित निजगढमा बजाज एक्सचेन्ज मेला, ग्राहकका लागि आकर्षक छुटको वर्षा

63 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-“निउ खोज्नेलाई झ्याम्मै!” भन्ने नारासहित बजाजले निजगढमा अहिलेसम्मकै आकर्षक एक्सचेन्ज मेला सञ्चालन गरेको छ। पुरानो मोटरसाइकल साटेर नयाँ बजाज बाइक खरिद गर्न चाहने ग्राहकका लागि नगद छुटदेखि उच्चतम मूल्याङ्कन, शून्य सेवा शुल्कमा फाइनान्स र निःशुल्क हेल्मेटसम्मका विशेष सुविधा उपलब्ध गराइएपछि मेला ग्राहकको रोजाइमा पर्ने अपेक्षा गरिएको छ।

नित्यम ट्रेडर्स, निजगढ को आयोजनामा २०८३ साल श्रावण ८ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने मेला महालक्ष्मी विकास बैंकसँगै, शहिद चोक, निजगढ बजार मा भइरहेको छ।

मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको Highest Valuation, Cash Discount, On the Spot Finance, ०% Service Charge तथा Free Helmet लगायतका आकर्षक अफर प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार पुरानो बाइकको उचित मूल्य नपाइने वा नयाँ बाइक खरिदमा बढी खर्च लाग्ने चिन्ता अब हट्ने विश्वास गरिएको छ। बजाजका विभिन्न लोकप्रिय मोडेलहरू एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सकिने भएकाले यो मेला ग्राहकका लागि सुनौलो अवसर बनेको जनाइएको छ।

बाइक अपग्रेड गर्ने योजना बनाइरहेका ग्राहकलाई श्रावण १३ गतेभित्र मेलास्थलमा पुगेर विशेष अफरको लाभ लिन नित्यम ट्रेडर्सले आग्रह गरेको छ।

nijgadh-supermart-adz1200-630