skip this

तनहुँमा बस र जीप ठोक्किए, तीन जनाको मृत्यु

मृतक अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न सकेको छैन

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

तनहुँ– तनहुँमा बस र जीप ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा बस र जीप ठोक्किएर दुर्घटना भएको हो ।

चितवनबाट पोखरातर्फ गइरहेको ग. २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग. ३ च ६०१२ नम्बरको जीप ठोक्ठिएका हुन् ।

मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–८ का ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको छ ।

मृतक अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न सकेको छैन । अन्य १३ जना घाइते भएका छन् । जीपमा सवार नौ जना र बसमा सवार चार जना घाइते भएका छन्।

घाइतेमध्ये नौ जनालाई चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी युवराज खड्काले बताए ।

जीप बससँग ठक्कर खाएर तल खसेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630