skip this

मेचीमहाकाली बुहारी संयुक्त आवाज र लायन्स क्लबद्वारा निशुल्क आँखा शिविर सञ्चालन

एक सय २५ बढीको परीक्षण

2.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौं समिति र लायन्स क्लब अफ काठमाडौं निर्जलाकाे संयुक्त आयाेजनामा निशुल्क आँखा शिवीर सञ्चालन भएको छ ।

सिटि आइ कियर सेन्टर भक्तपुरकाे प्राविधिक सहयाेग तथा काठमाण्डाैंको बुढानिलकण्ठ नगरपालिका ६ नम्बर वडा कार्यालय सह आयोजक रहेकाे शिविरमा निशुल्क आँखा परीक्षण तथा निशुल्क चश्मा वितरण गरिएकाे थियाे ।

एक सय २५ बढीकाे परीक्षण गर्दा २५ जनामा माेतियाबिन्दु देखिएको छ । माेतियाबिन्दु देखिएका बिरामीकाे आइतबार निशुल्क शल्यक्रिया गरिने मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौकी सचिव एवं लायन्स क्लब अफ काठमाडौ निर्जलाकि उपाध्यक्ष सचिव रेखा थापाले जानकारी दिईन् ।

शिविर उद्घाटन समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, वडा ६ का अध्यक्ष रवि खड्का लगायत जनप्रतिनिधि र स्वास्थ बिभाग प्रमुख लिलाधर भुसाललगायत सहभागी थिए ।

nijgadh-supermart-adz1200-630