skip this

मेचीमहाकाली बुहारी संयुक्त आवाज मधेशद्वारा चपुरका अशक्त अपाङ्गलाई सिरक वितरण

1.87K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-मेचीमाहाकाली बुहारी संयुक्त आवाज मधेशद्वारा अशक्त अपाङ्गलाई सिरक वितरण गरेको छ ।

मेचीमाहाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेश को आयोजनामा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ७ र वड़ा नम्बर ८ मा ३५ जना अशक्त अपांगहरुलाई जाड़ोंबाट बाच्नको लागि सिरक वितरण गरिएको हाे ।

सिरक वितरण ।

विगत केहि दिन देखि अचानक बढेको चिसोको कारण बालबालिका, बृद्ध बृद्धा, अपांगहरु बढ़ी प्रभावित भएकाले सिरक वितरण गरिएको मधेश प्रदेश संयोजक पुजा पाठक तिमिल्सिनाले बताईन् ।

कार्यक्रममा वड़ा नंबर ७ का वड़ा अध्यक्ष बिष्णु उप्रेती, वड़ा नम्बर ८ का वड़ा अध्यक्ष जीतेन्द्र चौधरी,मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा रौतहटका लेखपाल विमला गौतम, कोषाध्यक्ष जसूमाया वाइवा, सदस्य सुधा जायसवाल, चुन माया दाहाल, सुनीता पुलामी, डम्मर कुमारी मगरलगायतको उपस्थति रहेको थियो ।

nijgadh-supermart-adz1200-630