skip this

रतनपुरीमा निजगढ नगरपालिकाद्धारा प्रजनन रुग्णता स्वास्थ्य सेवा प्रजनन रुग्णताको स्कृनिङ्ग

शिविरमा दुई सय ४८ जनाको परीक्षण तथा परामर्श

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–रतनपुरीमा निजगढ नगरपालिकाको आयोजनामा प्रजनन रुग्णता स्वास्थ्य सेवा प्रजनन रुग्णताको स्कृनिङ्ग शिविर तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा निजगढ वडा नं. १०, ११, १२ र १३ लाई लक्षित गरि दुई दिन शिविर सञ्चालन भएको हो ।

रतनपुरी स्वास्थ्य चौकी रतनपरी फागुन २१ र २२ गते भएको शिविरमा नारायणी अस्पताल वीरगंजका बरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञ डा.मन्जु रायले परीक्षण गरेकी थिईन् ।

निशुल्क शिविरमा दुई सय ४८ जनाको परीक्षण तथा परामर्श गरिएको थियो । जसमध्ये एक सय ६४ जनाको भिआईए जाँच गरिएकोमा ११ जना पोजेटिभ, ८ जनामा प्याप स्मेयर, १७ जनामा आङ खस्ने समस्या भएका रिङग पेसरी लगाउने, २१ जना स्तन समन्धी समस्याको परिक्षण गराउने, थप उपचारका लागि प्रेसन २३ जना बाकी अन्य समस्या भएका महिलाहरुको उपचार र परामर्श दिईएको कार्यक्रम संयोजक रामप्यारी तिमल्सिना ‘निरु’ ले जानकारी दिईन् ।

यसैविच शिविरको निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, स्वास्थ्य शाखा संयोजक रमेश लामा, सहसंयोजक मणीश्वर घिमिरे लगायतले निरीक्षण गरेको रतनपुरी स्वास्थ्य चौकीका प्रमुख दिनेश परियारले बताए ।

nijgadh-supermart-adz1200-630