बागदेवमा एक सय ४१ जनाको जनचेतना अभिवृद्धि तथा स्क्रिनिङ्ग परीक्षण
वि.सं.२०८१ फागुन १३ मंगलवार ०९:४१
1.12K
shares

निजगढ–बाराको निजगढ नगरपालिका वडा नं. ५ वागदेवस्थित सामुदायिक भवनमा शुक्रबार जनचेतना अभिवृद्धि तथा स्क्रिनिङ्ग परीक्षण गरिएको छ ।
पूर्व सूचना अनुसार नसर्ने रोगहरूको समयमा नै पहिचान गरी सो को रोकथाम तथा न्यूनीकरणको लागि जनचेतना अभिवृद्धि तथा स्क्रिनिङ्ग परीक्षण गरिएको हो ।

स्क्रिनिङ्गमा एक सय ४१ जनाको ब्लर्ड सुगर (RBS), Urinalysis (पिसाबमा Glucose, Protein, PH level), Body Mass Index(BMI), रक्तचाप (Blood Pressure) लगायतका परीक्षण गरिएको थियो । परीक्षणपछि आवश्यक औषधिको समेत वितरण गरिएको थियो ।
वि.सं.२०८१ फागुन १३ मंगलवार ०९:४१
















