skip this

दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

795 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रुपन्देही  । रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई ओटा मोटरसाइकल ठोक्किँला दुबै चालकको मृत्यु भएको छ । लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार ठोक्किएका थिए ।  

दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो । गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको  भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

nijgadh-supermart-adz1200-630