skip this

चन्द्रागिरि नगरपालिकामा अनलाईन कर भुक्तानी प्रणाली लागु

आइएमई पेबाट कर भुक्तानी गर्न सकिने

3.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ ।

नगरपालिकाले भुक्तानी सेवाप्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवाको सुरुवात गरेसँगै नगरपालिकाका सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेबपोर्टलमा गएर आइएमई पेमार्फत घरबहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न भुक्तान गर्न सक्ने भएका हुन् ।

नगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको हो । उक्त कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले विज्ञान र प्रविधिको युगमा नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आमसेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरूमा सेवाग्राहीको चाप पनि कम हुने बताए । सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरू यो सेवाको प्रवद्र्घन गर्न अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्डमा उपलब्ध गराएको मोबाइल वालेट सेवाअन्तर्गत व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।

अनलाईन कर भुक्तानी प्रणाली लागु

चन्द्रागिरि नगरपालिका कार्यालयको कर संकलन प्रणालीलाई सहज बनाउने उद्धेश्यले घर घरबाटै सम्पति कर, मालपोत कर, व्यवसाय कर, घर जग्गा बहाल कर डिजिटल वालेटको माध्यमबाट तिर्न सकिने प्रणालीको विकास गरि अनलाईन कर भुक्तानी प्रणालीको शुभारम्भ भएको छ ।

नगर प्रमुख घनश्याम गिरीले शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा नगर उप प्रमुख तथा राजश्व परामर्श समितिका संयोजक बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडा अध्यक्षहरु, राजश्व परामर्श समितिका पदाधिकारीहरु, वडा तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कसरी प्रयोग गर्ने ?

बिभिन्न डिजिटल वालेटहरु(Connect IPS, Khalti, Prabhu Pay, IME Pay, E-Sewa etc) बाट कर तिर्न सकिने हुँदा करदाता आफैले घरमै बसी कर तिर्न सकिने हुँदा जनशक्तिमा लाग्ने खर्च बचत, लाईन बसीरहन नपर्ने, समयको बचत, छिटो, छरितो, विश्वनीय, नगद बोकेर हिड्नु नपर्ने, हिसाब किताव राख्न सजिलो हुने विश्वास लिएको छ ।

अनलाईन कर भुक्तानी प्रणाली https://tax-chandragiri.softechnp.com/login मा रजिस्टर गर्दा आफ्नो करदाता संकेंत नं राख्दा नभेटीएमा फोन नं र ईमेल सहि नभएको मान्नुपर्नेछ र सच्चाउनको लागि https://tax-chandragiri.softechnp.com/app…/confirmtaxpayer मा गई आधिकारिक ईमेल र फोन नं. Update गर्नु पर्ने हुन्छ, तत्पश्चात रजिस्टर गरि करदाता संकेत नं राखी आएको OTP Verification गरि युजरनेम र पासवर्ड तयार गरि Login गर्न सकिनेछ । Login गर्दा OTP आएको कोड नै प्रारम्भिक Password हुनेछ र आफ्नो Password परिवर्तन गरे पश्चात Login गर्न सकिनेछ, र कुन माध्यमबाट कर तिर्ने हो सोहिअनुसार कर तिर्न सकिनेछ ।

साथै Digital Wallets हरुको Application बाट Chandragiri Municipality को लिंक भित्र गई सोझै करदाता संकेत नं हानी कर तिर्न समेत सकिनेछ ।

nijgadh-supermart-adz1200-630