skip this

सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता गराउन कांग्रेस नेताहरूले पहल गर्नुपर्छ –गोकुल बाँस्कोटा

795 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता गराउन कांग्रेस नेताहरूले पहल गर्नुपर्ने नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले बताएका छन् समाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अब बोलेर मात्र नभइ गरेर देखाउनुपपर्ने बताएका हुन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, गगन र विश्वप्रकाशले बोले, राम्रो गरे । तर उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छ ?म आशा गर्छु– उनीहरू गरेर देखाउने हैसियतमा छन् । ताजा जनादेशसँगै संसद् बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून्, शुभेच्छा,’ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरीलगायतलाई माफी दिनसक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएपछि बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले विरोध जनाएका थिए ।

nijgadh-supermart-adz1200-630