skip this

टाइगर प्यालेसले मिचेको जग्गा खाली गर्न अदालतको आदेश

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको अदालले ठहर गरेको छ । जिल्ला अदालत रुपन्देहीले रिसोर्टले मिचेको जग्गा खाली गराउन आदेश दिएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीले सो आदेश गरेका हुन् । सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै स्थानियले अदालतमा निवेदन दिएका थिए । सो निवेदन उपर अदालतको आदेशमा भनिएको छ,‘दाबी पुग्ने ।’

लुम्बिनी नलकुपजल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले र टेकराज पौडेलले टाइगर प्यालेस सञ्चालक कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रा.लि विरुद्ध मुद्दा दायर गरेका थिए । सो मुद्दा फैसला भएको र पूर्णपाठ आउन बाँकी रहेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको निवेदकहरूले दाबी गरेका थिए ।

हङकङको कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले तिलोत्तमा नगरपालिकाको कोटिहवामा ५ अर्ब रुपैयाँ लगानीमा सो रिसोर्ट संचालनमा ल्याएको थियो । २०७४ देखी संचालनमा आएको सो रिसोर्ट १५ बिगाह क्षेत्रफलमा फैलिएको छ ।

यता अदालतको आदेशसँगै रिसोर्टमा प्राइम बैंकले लगानी गरेको २ अर्ब ५० करोड संकटमा परेको छ ।

nijgadh-supermart-adz1200-630