skip this

हेटौंडाको ज्ञानोदयमा डेङ्गु रोग नियन्त्रण अभियान

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा– ज्ञानोदय बाल बाटिका ऐकेडेमिको आयोजना र हेटौंडा उपमहानगर वडा नं. २ को सहकार्यमा सोमबार बिद्यालय स्तरबाट नै डेङ्गु रोग नियन्त्रण गर्ने अभियान सुरुवात भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. २ का प्रतिनिधि ईन्द्र रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सफल भएको थियो।

यसै वडा अन्तरगत रहेको बनस्खण्डि शहरी स्वास्थ्यका नर्सिङ स्टाफ सुनिता थापाको बिशिष्ट अतिथि र महिला स्वयंसेविका सिर्जना पण्डितको अतिथिमा बिद्यालय स्तरबाटनै डेङ्गु रोग नियन्त्रण गर्ने कार्यक्रम सम्पन्न भयो ।

साथै कार्यक्रम बिद्यालयका प्राचार्य एबम् संस्थापक प्रिन्सिपल बिन्दु गोपाल गोर्खालिको सभापतित्वमा संचालन भएको कार्यक्रममा डेङ्गु रोगको बारेमा बनस्खण्डि शहरी स्वास्थ्यका नर्सिङ स्टाफ सुनिता थापाले बिद्यार्थीहरुलाई यस रोग बाट कसरी वच्न सकिन्छ, कसरि सर्छ, कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम सुदिप बर्तौलाले सन्चालन गरेका थिए भने कक्षा ३ देखि १० सम्मका बिद्यार्थी र शिक्षक शिक्षीकाहरुको उपस्थिति पनि रहेको थियो ।

nijgadh-supermart-adz1200-630