skip this

बल्छी ध्रुवेसहितका ८ जनालाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युवरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो । प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकार र युट्युवरलाई पक्राउ गरेको थियो ।

nijgadh-supermart-adz1200-630