जिल्ला अदालत तनहुँले पल शाहलाई दियो सफाइ
वि.सं.२०७९ माघ ३ मंगलवार १८:३२
1.39K
shares

काठमाडौं-अभिनेता पल शाहले सफाइ पाएका छन् ।
मंगलबार जिल्ला अदालत तनहुँले थुनामा रहेका अभिनेता शाहलाई सफाइ दिएको हो ।
न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले नाबालिकलाई जबरजस्तीकरणी गरेको अभियोगबाट लागेका शाहलाई सफाइ दिएको हो ।
यसअघि जिल्ला अदालत नवलपुरले पनि शाहलाई
जबरजस्तीकरणीको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोग गरेको अभियोगमा उनलाई २ वर्ष ६ महिना जेल सजाय र १० लाख क्षतीपूर्ती तोकिएको थियो ।
वि.सं.२०७९ माघ ३ मंगलवार १८:३२

















