skip this

भाउले फेरि कायम गर्यो नयाँ कीर्तिमान, हालसम्मकै उच्च

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । नेपाली बजारमा आज सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। आज सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो। मंगलवार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

nijgadh-supermart-adz1200-630