skip this

आजको फलफूल तथा तरकारीको बजार मुल्यः घट्न थाल्यो अदुवाको भाउ

948 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ६०, भारतीय ठूलो गोलभेडा ७०,टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ५०,घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १३०, मूला सेतो ९०,मूला रातो ९०,भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,टाटे सिमी ८०,तितो करेला ९०,ब्रोकाउली २८०, कागती १५० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १४०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४५०,किवी ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०,मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २८०,भारतीय प्याज सुकेको ७३,लसुन हरियो २५०, रुख कटहर ८०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ९०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला ११०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ६०,कन्य च्याउ १५०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630