skip this

महागढीमाईमा आँखा चेकजाँच केन्द्र स्थापना

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको महागढीमाई नगरपालिकामा महागढीमाई नगरपालिकाले आँखा चेक जाँच केन्द्रको सञ्चालनमा आएको छ ।

आँखा रोगी बिरामीको संख्यामा थप वृद्धि हुँदै गएपछि केन्द्र स्थापना गरिएको छ ।

महागढीमाई नगरपालिका वडा नं. २ मा संचालन हुने केन्द्रको नगर प्रमुख उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले आँखा चेक जाँच केन्द्रले सर्व सधारणलाई राहत पुग्ने बताए ।

महागढीमाईभित्रका ब्यतिmहरुलाई आँखा पाक्ने (कन्जेक्टीभ क्यबाइसिस) रोगीको संख्यामा दिन प्रति दिन वृद्धि हुँदै गएपछि बिरामीहरुले आँखा चेक जाँच गराउनको लागि मोटो रकम खर्च गरेर कलैया, वीरगञ्ज, परवानीपुर केडीया अस्पताल र काठमाडौंको विभिन्न अस्पतालमा सास्ती खेपेर जानु पर्ने बाध्य भएको गुनासो बढेपछि आँखा चेक जाँच केन्द्र संचालनमा ल्याएको नगर प्रमुख यादवले बताए ।

चेकजाँच आँखा केन्द्रमा निःशुल्क चेक जाँचको साथै निःशुल्क औषधि समेत प्रदान गर्ने भएको हुँदा सो केन्द्रमा आएर उपचार गराउन नगरवासीहरुलाई नगरप्रमुख यादवले आग्रह गरे ।

निकट भविश्यमा सुविधा सम्पन्न आँखा चेकजाँच केन्द्रको छुट्टै भवन सहित दक्ष जनशक्ति र डाक्टरको ब्यवस्थापनको लागि कार्यविधी तयार भइरहेको नगरप्रमुख यादवले उदघोष गरे ।

आँखा चेकजाँच केन्द्र संचालनमा आएसंगै यहाँका करिब दुई सय भन्दा बढी आँखाका बिरामीहरुले चेकजांच गराएर निःशुल्क औषधि लिईसकेका नगरप्रमुख यादवले जानकारी दिए ।

आफनै गाँउठाउँमा निःशुल्क रुपमा चेकजाँच सहित औषधी पनि निःशुल्क रुपमा पाउने भएपछि पालिकाका स्थानियहरु हर्षित भएका छन् ।

महागाढीमाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष बिश्व नाथ कुशवहाको अध्यक्षतामा आँखा जाँच केन्द्रको उद्घाटन भएको थियो ।

nijgadh-supermart-adz1200-630