अनुभव–पाचौं : स्तन क्यान्सर जितेकी गायिका देविका बन्दनाको अनुभव (भिडियो)
वि.सं.२०८० जेठ ११ बिहीवार १३:००

काठमाडौं–लोकप्रिय गायिका देविका बन्दनाले हालै स्तन क्यानसर जितेको खुलासा गरेकी छिन् । डेढ वर्षअघि स्तन क्यान्सर लागेको थाहा पाउँदा देविका बन्दना निकै डराएपनि आफू क्यान्सर पीडित भएको कुरा परिवारबाहेक अरु कसैलाई पत्तो पनि दिइनन् । यसबीचमा उनले ११ गीत रेकर्ड गराइन् र सांगीतिक कर्मलाई सक्रिय रुपमा अघि बढाइन् ।
महजोडीले केही दिनअघि उनले लेखको पुस्तक ‘जित्नेको हाँसो’ पुस्तक विमोचन गरे । पुस्तकमा उनले अस्पतालमा उपचार गराउँदादेखि निको भएसम्मको यथार्थ लेखेकी छन् । साथै क्यान्सरलाई जितेपछि यसको खुलासा टिकटक र युट्युब भिडियोमार्फत गरेकी छन् ।
अनुभवको शृंखला पाचौं अंकमा हामीले उनै गायिका देविकाले त्यो अवस्थाको सामना कसरी गरिन भनेर उनैले तयार पारेको भिडियो सामाग्री प्रस्तुत गरेका छौं ।
भिडियो :
वि.सं.२०८० जेठ ११ बिहीवार १३:००
















