नक्कली भुटानी शरणार्थी प्रकरणः आज थप तीन प्रतिवादीको बयान
वि.सं.२०८० जेठ १७ बुधवार १२:२०
1.24K
shares

काठमाडौं । आज नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा उनीहरुको बयान सुरु भएको हो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र गोविन्द चौधरीको बयान लिन थालिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । अहिलेसम्म ८ प्रतिवादीको बयान लिइसकिएको छ । केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, टंककुमार गुरुङ, सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिने काम सम्पन्न भइसकेको छ ।
वि.सं.२०८० जेठ १७ बुधवार १२:२०

















