प्रथम निजगढ सिटी स्तरिय तेक्वान्दो च्याम्पियनसिप भोली उद्घाटन हुने
वि.सं.२०८० मंसिर २१ बिहीवार २१:३१
1.56K
shares
बारा–बाराको निजगढमा सञ्चालन हुने प्रथम निजगढ सिटी स्तरिय तेक्वान्दो च्याम्पियनसिप भोली उद्घाटन हुने भएको छ ।
स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित २२–२३, मंसिरमा तेक्वान्दो च्याम्पियनसिप हुन लागेको हो ।
बारा जिल्ला तेक्वान्दो संघको आयोजनामा निजगढ–८ स्थित कभर्ड हलमा सञ्चालन हुने च्याम्पियनसिपमा एक सय खेलाडीको सहभागिता रहने संघका अध्यक्ष नन्दु लामाले जानकारी दिए ।
च्याम्पियनसिपमा निजगढ र कोल्हवीका खेलाडी सहभागि हुने छन् । च्याम्पियनसिपको शुक्रबार उद्घाटन र शनिबार प्रतिस्पर्धा गरेर समापन गरिने जनाईएको छ ।
प्रतियोगिताको फरक नेपाल डट कम मिडिया पार्टनर रहेको छ ।
वि.सं.२०८० मंसिर २१ बिहीवार २१:३१