skip this

परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चाैधरी, उदयपुर १ (ख) मा हिमाल कार्कीको अग्रता

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् । उनले ६१५२ मतसहित अग्रता लिएका हुन् ।

खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहेकी छन् । हालसम्म १५०९२ मतगणना भएकाे छ । याे क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।

त्यसैगरी उदयपुर १ (ख) को मतगणना सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले अग्रता कायम गरेको छ ।  उनले ६६९३ मत प्राप्त गरेका छन् ।

कार्कीका प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतले ५५९८ मत पाएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार १५११९ मतगणना भएको छ । साे क्षेत्रमा ३७ हजार ३२१ मत खसेको छ ।

nijgadh-supermart-adz1200-630