skip this yams_Max_Hospital.jpeg

कोल्हवी नगरपालिकामा सुरु भयो निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा

375 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–कोल्हवी नगरपालिकाको आयोजनामा निशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा आजबाट सुरु भएको छ ।

तयारी कक्षाको नगरप्रमुख राम प्रसाद चौधरीले उद्घाटन गरेका छन् । नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल, वडा १ अध्यक्ष राजहरण चौधरी, वडा २ अध्यक्ष गोपाल प्रसाद अधिकारी, वडा ३ अध्यक्ष किशुनदयाल चौधरी, वडा ९ दल बहादुर चौधरी, शिक्षा शाखा प्रमुख मिश्रिलाल शाह, श्री ने.रा.मा.वि. सपहीको प्र.अ.भुनेश्वर चौधरीको आतिथ्यता रहेको थियो ।

तयारी कक्षामा प्रशिक्षकहरुले विद्यार्थीहरु प्रशिक्षण सुरु गरेका छन् । दुई महिना सञ्चालन हुने तयारी कक्षामा ५४ जना विद्यार्थी छनौंट भएका छन् ।

nijgadh-supermart-adz1200-630