निजगढ नगरपालिका–१ द्वारा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
वि.सं.२०८२ जेठ २५ आइतवार २०:००
1.3K
shares

बारा-बाराकाे निजगढ नगरपालिका वडा नं. १ काे कार्यालयले वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई घरदैलो सेवा प्रभावकारी बनाउनका लागि साइकल वितरण गरिएको हो ।
स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले जम्मा तीन थान साइकल वितरण गरेको हो । घर–घरमा पुगेर स्वास्थ्य सेवा पुर्याउने कार्यमा खटिएका स्वयंसेविकाहरुलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडा अध्यक्ष मंगले लोप्चनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य फुलमाया घलान, वडा सदस्य कन्तलाल धामी, मंजु कुमार कछडिया तथा वडा सचिव सोम सिंह लामाको र का.स कालीमाया स्याङतानको उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ जेठ २५ आइतवार २०:००
















