सुनको मूल्यले राख्यो ऐतिहासिक रेकर्ड
वि.सं.२०७९ चैत २२ बुधवार ११:२७
1.31K
shares

काठमाडौं । आज नेपाली सनुचाँदी बजारमा सुनको मुल्यमा बृद्धि भएको छ । आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
वि.सं.२०७९ चैत २२ बुधवार ११:२७

















