skip this

मेयर बालेनमाथि चौतर्फी घेराबन्दी भएकाले स्वतन्त्रहरू एकजुट हुनुपर्छ – मेयर हर्क साम्पाङ

1.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।काठमाडौं काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि चौतर्फी घेराबन्दी गरिएको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ (राई) ले कडा आलोचना गरेका छन् । राईले स्वतन्त्र उम्मेदवारी दिएर विजयी जनप्रतिनिधि एक हुने बेला आएको बताएका छन् ।पाथलीको बागमती नदी किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरिरहेकालाई हटाउने महानगरको निर्णयपछि बालेनमाथि चौतर्फी आक्रमण भइरहेका बेला राई बालेनको पक्षमा खुलेका हुन् ।

आज सामाजिक सञ्जाल मार्फत उनले बालेनमाथि अहिले भइरहेको घेराबन्दीलाई निन्दनीय भएको टिप्पणी गरेका छन् ।उनले आज सामाजिक सञ्जालमा लेखेका छन् , ‘स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ । यो बेला अरूले साथ देऊन्, नदेऊन् तर मेरो साथ रहनेछ,’ ।‘कथाले माग्यो, अब स्वतन्त्रहरु एक बन्ने बेला आएको छ,’ हर्कको भनाइ छ ।

nijgadh-supermart-adz1200-630