एकीकृत समाजवादी कुनै पार्टीसंग एकीकरण गर्ने गरी अगाडि बढेको छैन –जगन्नाथ खतिवडा
वि.सं.२०७९ पुस १४ बिहीवार १५:४३

काठमाडौं । आफूहरू पार्टी एकीकरण गर्ने गरी अघि नबढेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले पार्टी सुदृढीकरणको योजना बनाइरहेको उल्लेख गरेका छन् ।उनले अब पार्टीका बैठकहरू बस्दै जाने र सरकारमा सहभागी हुनेबारे छलफलमै रहेको बताएका छन् ।
उनले समाजिक सञ्जालमा लेखेका छन “बजार हल्लाको भ्रममा नपरौँ । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टीसंग एकीकरण गर्ने गरी अगाडि बढेको छैन । यति बेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छ,” “पार्टी विस्तारका अभियानहरू कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा छ ।”“स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटिका बैठकहरू आयोजना गर्ने तयारी गर्दै छ । प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरिसकेको छैन । छलफल चल्दै छ,” उनले भनेका छन्, “तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।”
वि.सं.२०७९ पुस १४ बिहीवार १५:४३

















