skip this farak Kura Pravakar

डढेलोको जोखिम बढेसँगै अग्निरेखा सरसफाई गर्दै जनजागृती सुन्दर सामुदायिक वन उपभोक्ता समुह

639 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–डढेलोको जोखिम बढेसँगै बाराको निजगढ–५ स्थित जनजागृती सुन्दर सामुदायिक वन उपभोक्ता समुहले अग्निरेखा सरसफाई गर्ने भएको छ ।

गर्मियाम शुरु भएसंगै वन जंगलमा डढेलोको सम्भावना बढेकाले अग्निरेखा सरसफाइ गर्नुपर्ने भएकाले वन समुहका अध्यक्ष जयप्रसाद ढुंगाना ‘राजन’ ले उपभोक्तालाई आह्वान गरेका छन् ।

अग्निरेखा सरसफाइमा सहभागि हुन अध्यक्ष ढुंगानाले वडाभित्रका टोल सुधार समितिका सदस्य, न्यु जनजागृति युवा क्लब, सिटि क्लबसहित उपभोक्ताहरुमा सामाजिक सञ्जालमार्फत आह्वान गरेका हुन् ।

अगामी शनिबार अग्निरेखा सरसफाइ गर्ने योजना रहेको भन्दै हातमा हसियासहित बिहान ७ः०० बजे खेलमैदानमा उपस्थित हुन अनुरोध गरेका हुन् ।

वन जंगलबाट प्राप्त हुने काठ, दाउरा, स्याउला जस्ता दैनिक उपभोग गर्ने बस्तुलाई डढेलोबाट जोगाउन र वन्यजन्तुको सिकारदेखि हरेक गतिविधि रोक्न उपभोक्ताको सहयोगको अपेक्षा गरेको अध्यक्ष ढुंगानाले बताएका छन् ।

nijgadh-supermart-adz1200-630