skip this

जीतपुरसिमरा एक्सपो प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक हुन लागेको जीतपुरसिमरा एक्सपोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुन १८ गते देखि फाल्गुन २९ गतेसम्म हुन लागेको जीतपुरसिमरा महोत्सवको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने निश्चित भएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिएका छन् ।

संघका अध्यक्ष शर्माले प्रधानमन्त्रीको कार्यालय सिहदरवार बुधबार प्रधानमन्त्री प्रचण्डलाई महोत्सवको उद्घाटन सहित प्रमुख आतिथ्यताका लागि औपचारिक निमन्त्रणा पेश गरेका छन् ।

अध्यक्ष शर्मासँगै बारा क्षेत्र ४ संघीय सांसद एवं पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ किसान सहभागि थिए ।

सम्म आयोजना हुन् लागेको जनाएको छ ।जीतपुरसिमरा उपमहानगरको वडा न ३ बजनीमा महोत्सवको आयोजना हुन् लागेको आयोजकले जनाएको छ ।

कृषि–पर्यटन ,खेल–उद्योग र ब्यापार ! जीतपुरसिमरा बारा, मधेस समृद्धिको मुख्य आधार !! भन्ने नारासहित कृषि र पर्यटनलाई प्राथमिकता दिएर हुन लागेको महोत्सव जीतपुरसिमरा–३ बजनीमा हुनेछ ।

nijgadh-supermart-adz1200-630