skip this hetauda tech

जीतपुरसिमराका सरसफाईकर्मीको कार्यस्थल सुरक्षित बनाउन अभिमुखीकरण सम्पन्न

189 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिकाका सरसफाईकर्मीको कार्यस्थल सुरक्षित बनाउन मंगलबार सिमरामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र ललितपुरको आयोजना तथा उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा उपमहानगरपालिका भित्र सरसफाईको क्षेत्रमा कार्यरत ४० जना सरसफाईकर्मी सहभागी थिए ।

कार्यक्रममा सरसफाईका क्रममा हुन सक्ने सम्भावित जोखिमको पहिचान गरी सोको न्युनिकरण गर्ने, कार्यस्थललाई सुरक्षित बनाई स्वस्फूर्त ढंगले काम गर्ने वातावरण सिर्जना गर्ने, कार्यप्रकृति अनुसारको व्यक्तिगत सुरक्षा उपकरण चयन तथा प्रयोग गर्ने र प्राथमिक उपचारका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै छलफल गरिएको थियो ।

छलफलमा केन्द्रका प्रशिक्षक सतिश उपाध्याय, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवी भाष्करलगायतले सहभागीलाई कार्यस्थल सुरक्षित बनाउने विषयमा सहजीकरण गरेका थिए ।

उपाध्यायको अध्यक्षता तथा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका प्रवक्ता भोजबहादुर खत्री, उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख रमेश सुवेदी, उषा बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सरसफाईकर्मीको कार्यस्थल सुरक्षित हुनुपर्ने बताउँदै नगर प्रमुख पौडेलले सरसफाईकर्मीको सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरेका थिए ।

प्रमुख पौडेलले सरसफाईकर्मीको सुरक्षाका सन्दर्भमा उपमहानगरपालिकाले आवश्यकता अनुसारको सहयोग गर्ने बताएका थिए ।

nijgadh-supermart-adz1200-630