चितवनमा पाँच दलीय गठबन्धनले जित्ने जितनारायण श्रेष्ठको दाबी
वि.सं.२०७९ वैशाख २२ बिहीवार १४:३५
1.13K
shares

काठमाडौं ।चितवनमा पाँच दलीय गठबन्धनले जित्ने नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले दाबी गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यो सभा कास्टिङमात्र भएको बताएका छन् ।
यो कास्टिङ मात्र हो। भरतपुरमा पाँच दलीय गठबन्धनले जित्छ,’ श्रेष्ठले भने। भरतपुर महानगरमा रेनु दाहाललाई कांग्रेसलाई जिताउने उनले दाबी गरे। ‘कांग्रेस भरतपुरले रेनु दाहाललगायत सिंगो टिमलाई जिताउँछ,’ उनले भने।
श्रेष्ठले वागी उम्मेदवारलाई मनाउन खोजिए पनि नमानेको उल्लेख गरे। ‘जगन्नाथ पौडेलजीलाई अनुरोध गर्न चाहन्छु। गुनासाहरु हाम्रा पनि थिए। यो पार्टी हो पार्टी। पार्टीको कमान्डरले निर्देशन गर्योध। अब सेनापतिले दिएको निर्देशन मान्नेछ।’
वि.सं.२०७९ वैशाख २२ बिहीवार १४:३५

















