कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन
वि.सं.२०७९ पुस २० बुधवार १५:५८
801
shares

काठमाडौं । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका हुन ।
शाह कैलाली निर्वाचन क्षेत्र नं २ को (१) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए । निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएको बताउँदै उनी सर्वसम्मत चयन भएको घोषणा गरेका छन् ।
वि.सं.२०७९ पुस २० बुधवार १५:५८

















