skip this

निजामती कर्मचारी सङ्गठनमा कोइराला सर्वसम्मत चयन

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुईदिने ११ औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र.कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ । त्यस्तै मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा राजेन्द्र कुमार कार्की निर्वाचित भएका छन् ।

मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गरेका थिए । विसं. २०४७ वैशाख ७ गते सङ्गठनको स्थापना भएको थियो ।

nijgadh-supermart-adz1200-630