skip this

आज संघीय संसद्का ६ वटा समितिहरूको बैठक बस्दै

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज संघीय संसद्का ६ वटा समितिहरूको बैठक बस्दैछ।महिला तथा सामाजिक समितिको समेत ११ बजे नै बस्दैछ। समितिको सभाकक्षमा बस्ने बैठकमा राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०७८÷२०७९ को कार्यप्रगति र आगामी आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै शिक्षा तथा स्वास्थ्य, कृषि सहकारी तथा प्राकृतिक श्रोत, महिला तथा सामाजिक, विकास तथा प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक तय भएको छ ।शिक्षा समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ। बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ का सम्बन्धमा छलफल हुनेछ।

कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पनि ११ बजेका लागि बोलाइएको छ। बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि दफावार छलफल हुनेछ। विकास तथा प्रविधि समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।बैठकमा बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्डका सम्बन्धमा छलफल हुनेछ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दैछ। बैठक दिउँसो २ बजे समितिको सभाकक्षमा बस्नेछ। बैठकमा पछिल्लो समय बेरुजुको आकार बढ्दै गएकोले त्यसको कारण र महालेखा परीक्षकको कार्यालयको भूमिका सम्बन्धमा छलफल हुनेछ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक दिउँसो १ः३० बजेका लागि तय भएको छ। बैठकमा यो समितिबाट तारागाउँ विकास समितिलाई दिइएका निर्देशन तथा सुझावहरुका कार्यान्वयनका सम्बन्धमा छलफल हुनेछ।

nijgadh-supermart-adz1200-630