skip this

क्रिकेट कप्तान लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरियो, थप अनुसन्धान हुँदै

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– जिल्ला प्रहरी परिसर काठमाण्डौँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरिएको जनाएको छ ।

एक जना १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछाने आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिईन् । त्यसपछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गरेको हो ।

‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाण्डौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाण्डौँ ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाण्डौँ महानगरपालिका–९ स्थित एक होटलको कोठा नं। ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् ।

भदौ ६ गते रात अन्दाजी १२ः २५ बजेसम्म पटक पटक बलात्कार गरेको उनले उजुरीमा जनाएकी छन् ।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630