skip this

नेपालको स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन ढिलो भइसकेको छ –स्वास्थ्यमन्त्री गिरी

279 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । देशमा धेरै राजनीतिक परिवर्तन भए पनि दूरदराजका गरिब जनताले अझै पनि सर्बसुलभ ढंगले स्वास्थ्य सेवा नपाइरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताएका छन् । आज स्वास्थ्य सेवा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन ।

उनले नेपालको स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन ढिलो भइसकेको बताएका छन् । उनले भने, गरिब जनताले सुलभ ढंगले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था आजको दिनमा पनि छैन,’ । उनले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौं भनेर सबैले आ–आफ्नो ठाउँबाट अठोट गरेमा मात्रै स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता रहने बताए ।

nijgadh-supermart-adz1200-630