skip this

यी हुन् नेकपा (माओवादी केन्द्र) बाराका पालिका इन्चार्ज

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (माओवादी केन्द्र) बाराको बारा जिल्ला समन्वय समितिको बैठकलेबाट जिल्लाभित्रका विभिन्न स्थानीय तहहरूमा संगठनात्मक कामलाई प्रभावकारी बनाउन पालिका इन्चार्जहरू तोकेको छ।

बैठक जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठको अध्यक्षतामा तथा बारा–पर्सा इन्चार्ज महेन्द्र पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले निर्णय गरेअनुसार सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकाको इन्चार्जको जिम्मेवारी क्षेत्र बहादुर श्रेष्ठलाई दिइएको छ।

महागढीमाई नगरपालिकामा सोनालाल साह, प्रसौनी गाउँपालिकामा गीता कँडेल चौलागाई, बिश्रामपुर र परवानीपुर गाउँपालिकामा राजन पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकामा शिला कुमारी खनाललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाको जिम्मेवारी हरि चौलागाई, करैयामाई गाउँपालिकाको देवेन्द्र पराजुली, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकाको जिम्मेवारी तपेश्वर राय चौधरी, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको प्रभु प्रसाद यादव र निजगढ नगरपालिकाको जिम्मेवारी रबिराज दंगाललाई दिइएको छ।

nijgadh-supermart-adz1200-630