skip this farak Kura Pravakar

आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइने, कुन जिल्लाका कुन उमेर समूहले पाउँछन् ?

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ।
हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाइनेछ।
आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ।
पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो मात्रामा भेरोसेल खोप नै लगाउन पाइन्छ।
कुन जिल्लामा कुन उमेर समूहकालाई खोप ?
मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्।
यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ।
सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ।
काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी छ।
विभिन्न ५८ जिल्लामा ४५ वर्ष उमेर समूहमाथिका मानिसले खोप लगाउन पाउनेछन्।
विद्यार्थीहरूलाई पनि खोप लगाउन सरकारले प्राथमिकतामा राखेको छ। मनाङ, मुस्ताङलगायत जिल्लामा भने सरकारले कोरोनाविरूद्ध खोप लगाइसकेको छ।
पहिलो मात्रामा भेरोसेल खोप लगाइसकेका काठमाडौंका मानिसलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्रामा खोप लगाइनेछ।
पहिलो मात्रामा करिब दुई लाख ४० हजारले भेसोसेल खोप लगाए पनि दोस्रो मात्राको खोप लगाउन पाएका थिएनन्।

nijgadh-supermart-adz1200-630