skip this

नागरिक उन्मुक्ति पार्टीले खाता खाेल्याे, कैलाली ३ बाट गंगा चाैधरी विजयी

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले खाता खाेलेकाे छ । कैलाली ३ बाट गंगा चाैधरी विजयी भएका छन् ।

कैलाली क्षत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छन् । उनी २३ हजार एक सय २० मत ल्याएर विजयी भएका हुन् । 
उनका प्रतिद्वन्द्धी माओवादी केन्द्रका उम्मेद्वार कुन्दन चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका एमालेका उम्मेदवार
गौरीशंकर चौधरीले नौ हजार आठ सय ७४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ मा ६३ हजार चार सय ४० मत खसेकोमा ५९ हजार सात सय १९ मत सदर भएको छ भने चार हजार २१ मत बदर भएको छ ।
 

nijgadh-supermart-adz1200-630