राज्यले दिने सेवा सुविधा नपाएको उपसभामुख रानाको गुनासो
वि.सं.२०७९ फागुन १९ शुक्रवार १७:१५
1.16K
shares

काठमाडौँ-प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् ।
भ्रष्टाचारविरूद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन्।
राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको भन्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन नसकिने बताएकी छन् ।
पुरूष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो। आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको उनको आरोप ।
उनले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताएकी छन् ।
वि.सं.२०७९ फागुन १९ शुक्रवार १७:१५

















