skip this

बढ्यो सुनचाँदीको मूल्य

609 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज सुनचाँदीको मूल्य बढेको छ। यसअघि शुक्रबार तोलामा ५०० रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

nijgadh-supermart-adz1200-630