skip this yams_Max_Hospital.jpeg

विश्व सामाजिक मञ्च २०२४ मा अपाङ्गता सम्बन्धी सवालमा बढ्याे चासो

825 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-विश्व सामाजिक मञ्च २०२४ को १६ औं संस्करणमा अपाङ्गता सवालमा धेरैको चासो बढेको देखिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मुख्य नेतृत्वमा र हयान्डीक्याप इन्टरनेश्नलको साझेदारीमा आईतवार काठमाडौंको भृकुटीमण्डप सभाहल तथा नेपाल ल क्याम्पसमा अपाङ्गता सम्बन्धी सवाल र बिषयमा सम्पन्न भएका तिनवटा छुट्टाछुट्टै अन्तरकृया कार्यक्रमहरूमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका अपाङ्गता भएका व्यक्तिहरू लगायत अपाङ्गता नभएका व्यक्तिहरूको पनि उल्लेख्य सहभागिताले सो कुरा झल्काएको देखिन्छ ।

`अपाङ्गता भएका व्यक्तिको संस्थाहरूकोसञ्जाल : सामाजिक समावेशीता तथा अपाङ्गता अधिकारमा अन्र्तराष्ट्रिय स्तरको सहकार्यमा सबलिकरण´ विषयमा सम्पन्न पहिलो कार्यक्रममा अपाङ्गता सवाल बारे अन्र्तराष्ट्रिय स्तरदेखि वकालत गर्नका लागि एक क्षेत्रिय स्तरको अपाङ्गता सम्बन्धी सञ्जाल आवश्यकता रहेको सहभागिहरूले औंल्याएका छन् ।

त्यसैगरी `परियोजनामा सरोकारवालाको सहभागिता–व्यक्तिहरूको पहिलो प्रभाव सम्बन्धी पद्धती´ विषयक दोस्रो कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना परियोजना मार्फत पारेको पहिलो प्रभावले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने बताईएको थियो ।

यसैगरी `अपाङ्गता समावेशी सामाजिक विकासमा नागरिक समाजको पहल´ विषयक तेस्रो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई नागरिक समाजले आफ्नो सवालमा समेटेर नलगेसम्म अपाङ्गता सवाल समावेशीताको अर्थ नै नहुने निष्कर्ष निकाल्दै सहभागिहरूले अबका दिनमा नागरिक समाजले यसका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो ।

यी तीनै वटा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने अन्र्तराष्ट्रिय गैरसरकारी संस्था ह्याण्डिक्याप इन्टरनेशनल लगायत अन्य विभिन्न संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।

उक्त तीनै वटा कार्यक्रमहरूमा अपाङ्गता सवालमा काम गर्ने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका संघसंस्थाका प्रतिनिधीहरू प्यानलिष्ट वक्ताको रूपमा रहि आ–आफ्नो देश तथा अपाङ्गताको क्षेत्रगत हिसाबबाट प्रस्तुती दिएका थिए । यसका साथै उनीहरूले सहभागिहरूबाट उठाईएका विभिन्न प्रश्नहरूलाई संवोधन पनि गरेका थिए ।

सोही क्रममाः बङ्गलादेशबाट सहभागि भएका नेशनल काउन्सिल अफ डिसेबल्ड वूमन बङ्गलादेशका अध्यक्ष नासिमा अख्तरले अपाङ्गताको अवस्था बङ्गलादेशसँग मिल्दोजुल्दो रहेको जानकारी दिदै अपाङ्गता भएका व्यक्तिको संस्थाहरूबाट थुप्रै प्रयास भएको कारणले नै बङ्गलादेशमा अपाङ्गता सम्बन्धी विषयमा सकारात्मक परिवर्तन आएको बताए ।

त्यसैगरी डिसेबिलिटी अर्गनाइजेसन्स ज्वाइन्ट फ्रन्ट श्रीलंकाबाट सहभागि हुनुभएका सो संस्थाका महासचिव निहाल पारानागामाले अपाङ्गता भएका व्यक्तिहरूले धेरै चुनौतिको सामना गर्नु परिरहेको तथा अपाङ्गता भएका व्यक्तिको संस्थाहरूमा पनि समन्वयको कमी रहेको बताए ।

यसैगरी भारतबाट प्रतिनिधित्व गरेका एकता भारतका मोविलाइजर अर्जुन खाराले अहिले सबै अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र तथा आधार कार्ड पाइसकेको तथा भारतीय सरकारले बनाएको नीति अनुसार अपाङ्गता भएका व्यक्तिहरूले घर समेत पाईसकेको बताए।

`अर्को विश्व सम्भव छ´ भन्ने नारा सहित काठमाडौंको भृकुटीमण्डप तथा सो वरपर रहेका स्थानहरूमा फागुन ३ देखि ७ गतेसम्म सञ्चालन भईरहेको विश्व सामाजिक मञ्च २०२४ मा विशेषगरि १३ वटा थिममा वहस तथा छलफल भईरहेका छन् ।

जसमा नेपाल लगायत विश्वभरका ९२ देशका नागरिक समाजका प्रतिनिधिहरूले सहभागिता जनाएको आयोजकले जनाएका छन् ।

nijgadh-supermart-adz1200-630