skip this

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै वडासचिवलाई धम्की दिने युवक पक्राउ

231 shares
oil-nigam-amlekhgunj-adv.jpeg

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को नाम दुरुपयोग गर्दै दैलेखका एक वडासचिवलाई धम्की दिएको आरोपमा २२ वर्षीय प्रकाश खड्का पक्राउ परेका छन्। वीरेन्द्रनगर–६ वीरेन्द्रचोक स्थायी घर भएका खड्का हाल शंखमुल मा बस्दै आएका थिए। उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ।

परिसरका प्रमुख रमेश थापा का अनुसार खड्काले आफू प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत अशिष्ट तथा धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। उक्त संवादको अडिओ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

घटनापछि शनिबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले घटनालाई गम्भीर रूपमा लिँदै खड्कामाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।

nijgadh-supermart-adz1200-630