निजगढ नगरपालिकाले आह्वान गर्यो खोलाको टेन्डर आह्वान (सूचनासहित)
वि.सं.२०८० माघ २ मंगलवार ०९:११

बारा–बाराको निजगढ नगरपालिका कार्यालयले आफ्नो क्षेत्रमा रहेका विभिन्न नदीको ढुङ्गा, बालुवाको टेन्र्डर आह्वान गरेको छ ।
लामो समयदेखि टेन्र्डर नखोलेको भन्दै आलोचना खेप्दै आएको निजगढले १ माघमा सूचना प्रकाशित गरेको हो ।
बकैया खोला, धनसार खोला, लाल÷भक्तलालबाट नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि योग्य दर्ता भएका फर्म वा कम्पनीहरूबाट इलेक्ट्रोनिक बोलपत्र आह्वान गरेको हो ।
निजगढ नगरपालिका अन्तर्गतको खोला, बगर खोला र शक्ति खोलामा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷०८१ को लागि बोलपत्र आह्वान गरेको हो ।

कुन नदीको न्यूनतम कतिमा ?
बकैया नदी, भक्तलाल नदी र शक्ति नदीमा स्वीकृत आईई प्रतिवेदन अनुसार ७० लाख ६६ हजार ८ घन फिट नदीजन्य पदार्थको निकासी र बिक्री गर्न ६ करोड ३३ लाख ३९ हजार सात सय छत्तीस रुपैयाँ बत्तीस पैसा न्यूनतम कबोल रकम तोकिएको छ ।
त्यसैगरि धनसार नदी र बगर नदीमा स्वीकृत आईई प्रतिवेदन अनुसार ३३ लाख ७० हजार १ सय २२ घन फिट नदीजन्य पदार्थको निकासी र बिक्री
३ करोड ४६ लाख ५ हजार नौ सय तीन रुपैँया न्यूनतम कबोल रकम तोकिएको छ ।
टेन्र्डर भर्ने अन्तिम मिति आगामी फागुन २ गतेको म्याद दिईएको छ ।
सूचना

वि.सं.२०८० माघ २ मंगलवार ०९:११

















