skip this

आफू अनुकुल राजनीतिक सहजताको लागि कानुन बङ्ग्याउने छुट कसैलाई छैन–शेखर कोइराला

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले रेशम चौधरीलाई जेलबाट छुटाउने गरी सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अध्यादेशमार्फत् कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका छन् ।

उनले लेखेका छन्,  ‘अध्यादेशमार्फत् कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ ।’

nijgadh-supermart-adz1200-630