ट्रयाक्टरको चक्काले च्यापिदा स्याङ्जामा एक जनाको मृत्यु
वि.सं.२०७९ वैशाख १४ बुधवार १२:१८
1.36K
shares

काठमाडौं । स्याङजाको हरिनास गाँउपालिका–१ भुटियाखोलामा गएराती ट्रयाक्टरको चक्काले च्यापिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्याङजाकै हरिनास गाँउपालिका १ सालडाँडाका अन्दाजी ६५ बर्षीय बुद्ध भुजेल रहेका छन् ।
भुटियाखोलाबाट ढुङगा लोड गरि सालडाँडा तर्फजादै गरेको ना ६ त १८१९ नम्बरको ट्रयाक्टरबाट भुजेल अचानक खसेका थिए । गएराती ११ बजे भएको घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।
वि.सं.२०७९ वैशाख १४ बुधवार १२:१८

















