skip this farak Kura Pravakar

निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा अब विहान ८ बजेदेखिनै ओपीटि सेवा पाईने

प्रसुती र सर्पद्धन्स उपचार सेवा २४ सै घण्टा

1.87K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा अब विहान ८ बजेदेखिनै ओपीटि सेवा पाईने भएको छ ।

विहान १० बजेदेखि ४ः०० बजे सम्म ओपीटि सेवा दिदै आएको स्वास्थ्य केन्द्रले दुई घण्टा सेवा विस्तार गरेको हो ।

वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा रहेको अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार १७ मंसिरदेखि सेवा विस्तार गरिएको हो ।

व्यवस्थापन समितिका पदाधिकारी, सदस्य तथा कर्मचारी ।

सरकारी सेवा दिने स्वास्थ्य संस्था ढिलो खुल्ने र चाँडै बन्द हुने गरेको जनगुनासो आईरहेको बेलामा समितिले सेवा अवधि बढाएको छ ।

यी सेवा २४ सै घण्टा

स्वास्थ्य केन्द्रमा केहि सेवा भने २४ सै घण्टा रहेको छ । प्रसुती र सर्पद्धन्स उपचार सेवालाई विगतदेखि नै २४ सै घण्टा रहदै आएको छ ।

टिकाको दिन बाहेक दशैं अवधिभर निजगढका स्वास्थ्य संस्था खुला रहने

nijgadh-supermart-adz1200-630